- रमेश पराजुली-
बुटवल : नेकपा (एमाले)को मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने दशौं महाधिवेशनका लागि लुम्बिनी प्रदेशका धेरै क्षेत्रमा सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि छनोट भएका छन्। रूपन्देहीको क्षेत्र नम्बर १, पश्चिम नवलपरासीलगायत केही क्षेत्रहरूमा प्रतिनिधि छनौटका लागि निर्वाचन भएपनि अधिकांश क्षेत्रमा सर्वसम्मत महाधिवेशन प्रतिनिधि छनोट भएका छन्।
रूपन्देहीको क्षेत्र नं. १ मा खुलातर्फ यज्ञ गैरे, ध्रुब खरेल, डा.कृष्ण न्यौपाने र ऋषिराम सापकोटा चयन भएका छन्। त्यस्तै महिलातर्फ जगेश्वरी चौधरी र विद्यालक्ष्मी गुरूङ चयन भएका छन्। क्षेत्र नम्बर १ मा प्रतिनिधि चयनका लागि निर्वाचन भएको थियो।
क्षेत्र नं. २ मा खुलातर्फ शिवराज सुवेदी, प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, गोपाल राना, वासुदेव घिमिरे र चित्रबहादुर कार्की, मोहन चापागाईँ, बाबुराम भट्टराई र बलबहादुर आचार्य चयन भएका छन्। महिलातर्फ सावित्रा अर्याल, गोमादेवी आचार्य र ज्ञानु केसी चयन भएका छन्।
क्षेत्र नं. ३ मा तुल्सी चौधरी, अनुप बराल, हितराज पन्थी, रामप्रसाद रेग्मी, ममता पौडेल, उमा अधिकारी महाधिवेशन प्रतिनिधि रुपमा चयन भएका छन्। क्षेत्र नं. ५ मा खुलातर्फ भूमिलाल सापकोटा, रामचन्द्र यादव, जीवलाल पाण्डे र शिव पौडेल चयन भएका छन्। दलिततर्फ कल्पना हरिजन, जोगलाल विक, सुरेन्द्र श्री, कमला विक चयन भएका छन्। क्षेत्र नम्बर ४ मा अझै प्रतिनिधिको टुंगो लाग्न सकेको छैन।
त्यस्तै, पश्चिम नवलपरासीका दुवै निर्वाचन क्षेत्रबाट मतदान प्रक्रियाबाट प्रतिनिधि चयन भएका छन्। केन्द्रीय नेतृत्वले सर्वसम्मत बनाउने कसरत गरेपनि आवश्यक संख्याभन्दा धेरैले मनोनयन दर्ता गरेपछि मतदान भएको थियो। क्षेत्र नम्बर १ बाट खुल्लातर्फ दिपेन्द्रकुमार अधिकारी, धिरज शर्मा बस्याल, रामप्रसाद अर्याल र बन्द्रीनाथ खनाल चयन भएका छन्। महिलातर्फ सरिता खनाल र सिन्धु जलेशा निर्वाचित भएका छन्।
त्यस्तै निर्वाचन क्षेत्र नं. २ बाट डोलराज भण्डारी, थानप्रसाद गैरे, केशव भण्डारी र लेखनाथ खरेल तथा महिलातर्फ विमला अर्याल र लक्ष्मी क्षेत्री निर्वाचित भएका छन्। महाधिवेशन प्रतिनिधिको लागि २ जना प्रतिनिधि पाउने दलित तर्फ तुलसी पासी र राज हरिजन सर्वसम्मत रूपमा चयन भएको एमालेले जनाएको छ।
पाल्पामा पनि सर्वसम्मत प्रतिनिधि छनौट भएका छन्। पाल्पामा खुलातर्फ झपेन्द्र बहादुर जिसी, राधाकृष्ण कँडेल, देवीलाल लामिछाने, विमलप्रसाद काफ्ले, अशोककुमार शाही, रामबहादुर राउत, मोहन थापामगर, ओमबहादुर घर्तीमगर र नवीन थापा चयन भएका छन्। महिलातर्फ कुबिजा अर्याल, सरस्वती भट्टराई, नारायणी शर्मा र गीता पाण्डे चयन भएका छन्। त्यस्तै दलितबाट ठाकुरप्रसाद लोहागुन र दीपक विश्वकर्मा चयन भएका छन्।
त्यस्तै गुल्मीमा खुलातर्फ मधुकृष्ण पन्त, बालसिंङ काउछा, सोमनाथ सापकोटा, अमर सिंजापती, कृष्ण भुसाल, प्रेम पराजुली, खिमानन्द पाण्डे, रितबहादुर थापा र चक्रबन्धु भुसाल सर्वसम्मत प्रतिनिधि चयन भएका छन्। महिलातर्फ नर्मदा भण्डारी, लक्ष्मी पन्त, सीता भण्डारी र ललिता गौतम तथा दलिततर्फ जंग नेपाली, कृष्ण सुनार, धर्म विश्वकर्मा र जुना विश्वकर्मा पनि सर्वसम्मत प्रतिनिधिमा चयन भएका छन्।
दाङमा रेवती रमण शर्मा, राममणी पाण्डे, कुलबहादुर केसी, सहजराम यादव, गंगा थारू सत्गौवा, सरस्वती गौतम, टीकाराम खड्का, लक्ष्मण आचार्य, टोपेन्द्रबहादुर केसी, भेषराज केसी, बली राना, तुलसा केसी, हुमा डिसी, हुकुम बहादुर बस्नेत, घनश्याम पाण्डे, रामजी मिलन चौधरी, भुवनेश्वर पौडेल, मनोहर बुढाथोकी, कृष्ण भुसाल, कोमल वली, माया आचार्य, धमकली चौधरी, जितेन्द्रमान नेपाली, मानबहादुर विक, निर्मला विक चयन भएका छन्।
कपिलवस्तुमा खुलातर्फ विष्णु पन्थी, झविलाल पोख्रेल, विश्राम चौधरी, डम्मर शर्मा, विश्व कार्की, घरभरण यादव, टेकराज पौडेल, आजाद अहमद दर्जी, बाबुराम खनाल, उपेन्द्र खनाल र टोपलाल पोखरेल र्सर्वसम्मत चयन हुँदा मजदुरबाट सुशीला दर्लामी, महिलातर्फ शान्ति पाण्डे, प्रभा पौडेल, लक्ष्मी न्यौपाने र कमला भुसाल प्रतिनिधिमा चयन भएको नेकपा एमाले कपिलवस्तुले जनाएको छ।
अर्घाखाँचीबाट खुलातर्फ चेतनारायण आचार्य, रामजीप्रसाद घिमिरे, कुटमुदिन अली, जनार्दन खनाल, पिताम्बर भुसाल, प्रकाश ज्ञवाली, तोजबहादुर रायमाझी, काशिराम आचार्य र खगिश्वर पन्थी चयन भएका छन्। महिलातर्फ जालपा भुसाल, प्रमिला क्षेत्री, बिजुला रायमाझी र बिष्णुमाया आचार्य चयन हुँदा दलिततर्फ भोजबहादुर गन्धर्व, लिलबहादुर विक र शिवकला विक चयन भएका छन्।
रुकुम पूर्वबाट नन्दलाल शर्मा, टोपबहादुर ओली, लिलामणि गौतम र निर्माण बुढा (रवि), आशा स्वर्णकार, मस्तबहादुर विश्वकर्मा छनौट भएका छन्।
त्यस्तै प्यूठानमा खुलातर्फ हरि रिजाल, तुल्सीराम शर्मा, धनबहादुर रायमाझी, टेकुलाल गिरी, विजयविराज विष्ट, डिलबहादुर थापा मगर चयन भएका छन्। महिलातर्फ कमला रिजाल र गोमा रेग्मी र दलिततर्फ झगबहादुर विश्वकर्मा चयन भएका छन्।
रोल्पामा खुल्लातर्फ कुमार दशौंदी, पूर्ण बुढामगर, बालाराम बुढामगर र शान्तकुमार ओलीलाई महधिवेशन प्रतिनिधि चयन गरिएको छ। महिलातर्फ जुनमाया बुढा र इश्वरी जिएम तथा दलिततर्फ रिमा नेपाली चयन भएकी छन्।
बर्दियामा खुलातर्फ लालबहादुर श्रेष्ठ, शालिकराम अधिकारी, खडकबहादुर खड्का, आनन्द ढुंगाना, पदम ढकाल, पूर्ण शर्मा, भीम केसी, लहानु थारु, खगेन्द्र खनाल, पहाडी थारु र पंकजसिंह राठौर चयन भएका छन्। महिलातर्फ कृष्ण गुरुङ, शोभा ज्ञवाली, लीला राना, मेनकाकुमारी पोख्रेल र सीतामैया शाही चयन भएका छन् भने दलितबाट सम्झना बिक र भक्तबहादुर विक चयन भएका छन्।
बाँकेको क्षेत्र नं. १ बाट देबराज भार, सूर्य ढकाल, प्रेम भुसाल, बसन्ती अधिकारी र भारती खनाल छनौट भएका छन्। यसैगरी क्षेत्र नम्बर २ बाट पार्टी जिल्ला अध्यक्ष निरक गुरुङ, अशोक कर्माचार्य, हलिम शाह, विजया धिताल छनौट भएका छन्।
क्षेत्र नम्बर ३ बाट पार्टी उपाध्यक्ष किस्मत कक्षपति, सचिव रत्न खत्री, घननाथ खनाल र भुमिसरा धिताल प्रतिनिधि चयन भएका छन्। एमालेले महाधिवेशनमा लागि १ हजार ९९९ प्रतिनिधि सहभागी हुँदैछन्।
