PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

थप ४१६ जनामा देखियो संक्रमण, ७४ हजार बढीले लगाए खोप



पहिलोपोस्ट

थप ४१६ जनामा देखियो संक्रमण, ७४ हजार बढीले लगाए खोप

काठमाडौं : देशभर थप ४१६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। १२ हजार ४०२ जनाको परीक्षण गर्दा ४१६ जनामा संक्रमण देखिएको हो।

यस्तै, २७० जना संक्रमण मुक्त हुँदा हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७३११ पुगेको छ।

संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७४ हजार ४५२ जनाले कोभिड १९ विरुद्ध खोप लगाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell