PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

सवारी लाइसेन्सको अनलाइन आवेदन कार्यालय समयमा बन्द हुने



पहिलोपोस्ट

सवारी लाइसेन्सको अनलाइन आवेदन कार्यालय समयमा बन्द हुने
फाइल फोटो

काठमाडौंः यातायात व्यवस्था विभागले कार्यालय समय बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द गरेको छ।

विभागले सोमबार एक सार्वजनिक सूचना जारी गरेर अनलाइन आवेदन प्रणालीमा अधिक चाप हुँदा कार्यालयहरुबाट हुने दैनिक लाइसेन्ससम्बन्धी काम असर परेकाले बन्द हुने जनाएको छ।

प्रणालीमा लोड व्यवस्थापन कार्य भएपछि आवेदन प्रणाली यथावत रुपमा सञ्चालन हुने सूचनामा उल्लेख छ।

६ महिनापछि कात्तिक ८ गते प्रणाली सञ्चालनमा ल्याइएको थियो। वैशाख  १६ गतेदेखि निषेधाज्ञा जारी गरिएका कारण रोकिएको थियो।

सञ्चालनमा ल्याइए पनि प्रणालीमा समस्या आएका कारण दुई पटक सटडाउन भैसकेको छ। यसबीचमा  करिव चार लाख सेवाग्राहीले आवेदन भरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell