PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

‘प्रहरीको बलमा अदालत प्रवेश गरेर सम्मानित ठान्नु लज्जा र आपत्तिजनक’



पहिलोपोस्ट

‘प्रहरीको बलमा अदालत प्रवेश गरेर सम्मानित ठान्नु लज्जा र आपत्तिजनक’

काठमाडौंः नेपाल बार एशोसिएशनले सर्वोच्च परिसरमा कानुन व्यवसायीमाथि दमन भएको भन्दै विरोध गरेको छ। सोमबार राति वक्तव्य जारी गर्र्दै बारले अदालत परिसरलाई ब्यारेक बनाइएको पनि आरोप लगाएको छ। 

बारले सुरक्षाकर्मीको सहयोगमा अदालत प्रवेश गरेर प्रधानन्यायाधीशले सम्मानित महसुस गर्नु लज्जा र आपत्तिजनक भएको पनि वक्तव्यमा उल्लेख गरेको छ। 

वक्तव्यमा भनिएको छ, ‘कानुन व्यवसायीहरुको शान्तिपूर्ण विरोध कार्यक्रममा अदालत प्रांगणमा सयौँ सशस्त्र प्रहरी राख िअदालतलाई ब्यारेकजस्तो बनाउने र प्रहरीको बलमा अदालत प्रवेश गरी आफूलाई सम्मानित र सम्माननीय छु भन्ने दम्भ प्रदर्शन गरिनु घोर लज्जा र आपत्तिजनक विषय रहेको छ ।’

बारले पेट्रोलिय पदार्थको मूल्यवृद्धिको विरोध पनि गरेको छ। यस्तै, मंगलबार नेपाल बन्दको कार्यक्रम भए पनि बारको लोगोसहित आन्दोलनमा उपस्थित हुन पनि सदस्यहरुलाई आग्रह गरेको छ। विरोधको कार्यक्रम जारी रहने बारले विज्ञप्तिमा जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell