
सुर्खेत : मुगुको गमगढी सदरमुकाममा राती १२ बजे भिषण आगलागी भएको छ।
घरमा बालेको दियोबाट सल्केको आगोले २१ घरमा क्षति पुगेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
‘१७ वटा घर र तीन वटा घुम्टी जलेर नष्ट भएका छन् र एउटा घर आगो अन्यत्र नसल्कियोस् भनेर तोडफोड गरिएको छ,’ कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव प्रसाद श्रेष्ठले भने।
अहिलेसम्म आगलागीबाट मानवीय क्षति नभएको र आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेनासहित स्थानीयले नियन्त्रणमा लिएको र क्षतिको विवरण संकलनको काम भइरहेको प्रहरीको भनाई छ।