PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

यातायात सञ्चालनका लागि कस्तो छ काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था?



पहिलोपोस्ट

यातायात सञ्चालनका लागि कस्तो छ काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था?

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्दको घोषणा गरेपछि यातायात सेवा प्रभावित भएको छ। उपत्यकामा पनि यसको सामान्य प्रभाव देखिएको छ।

बन्द सफल गराउन भन्दै विप्लवका कार्यकर्ताले बिहानै केही स्थानमा टायरसमेत बालेका थिए। यद्यपि अहिले सडकमा सार्वजनिकदेखि निजी सवारी गुड्न थालेका छन्। साझा यातायात बिहानैबाट चल्न थालेको छ। कोटेश्वर क्षेत्रमा सवारी साधन कम हुँदा यात्रु पर्खेर बसेको देखिन्थ्यो।

कतिपय कामहरु नियमित चल्नसमेत थालेका छन्। राजधानीका सडकहरुमा प्रहरी बाक्लोमात्र खटिएका छन्। आजको सुरक्षा बन्दोबस्ती चुस्त रहेको काठमाडौं महानगरीय कार्यालयका एसपी सुशीलसिंह राठौरले जानकारी दिए।

'अवस्था सामान्य छ। एक दुई ठाँउमा टायर बालेका थिए। सुरक्षा व्यवस्था राम्रो छ,' एसपी राठौरले भने। पेट्रोलियम पदार्थमा मुल्य बढाएको भन्दै विप्लव समूहको पार्टीले नेपाल बन्दको घोषणा गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell