PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

नेपाली महिला क्रिकेट टोलीले आज कतारसँग खेल्ने



पहिलोपोस्ट

नेपाली महिला क्रिकेट टोलीले आज कतारसँग खेल्ने
फाइल फोटो: क्यान

काठमाडौं: नेपाली महिला क्रिकेट टोलीले बजे कतारसँग प्रतिस्पर्धा गर्दैछ। विश्वकप क्वालिफायर्सको तयारीमा रहेको नेपालले आज दिउँसो पौने ४ बजे वेस्ट इण्ड पार्क इन्टरनेशनल स्टेडियमममा कतारसँग टी २० सिरिजको पहिलो खेल खेल्नेछ।

नेपालले १३ औं दक्षिण एसियाली खेलकुद पछि पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न गइरहेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा १५ दिन तयारी गरेको नेपाली टोली बंगलादेशमा केही अभ्यास खेलहरु खेलेको थियो। त्यहाँबाट नेपाल फर्किएर लगत्तै नेपाली टोली कतार गएको थियो।

विश्वकप क्वालिफायर्सका खेलहरु भने २२ देखि २८ नोभेम्बरसम्म युएईमा हुनेछन्।

विश्वकप क्वालिफायर्समा नेपालको खेल

२२ नोभेम्बर: नेपाल भर्सेस हङकङ

२३ नोभेम्बर: नेपाल भर्सेस भुटान

२५ नोभेम्बर: नेपाल भर्सेस कुवेत

२६ नोभेम्बर: नेपाल भर्सेस मलेसिया

२८ नोभेम्बर: नेपाल भर्सेस युएई

नेपाली टिम

रुबिना क्षेत्री बेलबासे (कप्तान), डली भट्ट, सीता राना मगर, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योती पाण्डेय, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुवँर, अप्सरी बेगम, कविता जोशी, सङ्गिता राई



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell