PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

भर्चुअल बैठकमा चिनियाँ राष्टपति सीले अमेरिकी राष्ट्रपति बाइडेनलाई भने 'पुरानो साथी'



पहिलोपोस्ट

भर्चुअल बैठकमा चिनियाँ राष्टपति सीले अमेरिकी राष्ट्रपति बाइडेनलाई भने 'पुरानो साथी'
Photo : Global Times

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच भर्चुअल बैठक सम्पन्न भएको छ। बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि चिनियाँ समकक्षीसँग उनको यो पहिलो बैठक हो।

आर्थिक, मानवअधिकार र ताइवानको विषयमा दुई देशबिच विवाद भइरहँदा यो बहुप्रतिक्षित बैठक भएको हो। बैठकमा चिनियाँ राष्ट्रपति सीले आफूहरु अमेरिकासँगको सम्बन्धलाई सकारात्मक दिशातर्फ अघि बढाउन तयार भएको बताएका छन्। सीले बाइडेनलाई आफ्नो 'पुरानो साथी' भन्दै उनीसँग भेट्न पाउँदा खुशी लागेको बताए। चीनले दुई नेताबिचको बैठक निकै सकारात्मक भएको र त्यसले आपसी समझदारी बढाउन सहयोग हुने अपेक्षा लिएको जनाएको छ।

यस्तै, बाइडेनले भने बैठकमा मानवअधिकार र इन्डो प्‍यासेफिकको मुद्दा उठाएका थिए। बाइडेनले आफूले सीसँग हालसम्म औपचारिक रुपमा कहिलै प्रस्तुत नभएको बताउँदै भने, 'अब म तपाईंसँग औपचारिक रुपमा प्रस्तुत हुनुपर्ला।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell