PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपुर्जा प्रकरणको अनुसन्धान अब बैंकिङ कसुरमा



पहिलोपोस्ट

गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपुर्जा प्रकरणको अनुसन्धान अब बैंकिङ कसुरमा

काठमाडौं : गायक योगेश्वर अमात्यको जग्गा देखाएर नक्कली लालपुर्जा बनाई बैकबाट ऋण निकालिएको विषयको अनुसन्धान नयाँ शिराबाट सुरु भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले अब कीर्तेमा मात्र नभइ, बैंकिङ कसुरमा समेत अनुसन्धान गर्ने भएको छ।

बैंकिङ कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट चार दिनको समय समेत थप गरिएको छ। बाराको विश्रामपुरस्थित गायक अमात्यको १२ बिघा जग्गा डेनियल ट्रेडिङ नामको कम्पनीलाई बिक्री गरेको देखाएर नक्कली कागजपत्र बनाइ ऋण लिएको खुलेको थियो। कुमारी बैंकका कर्मचारीको मिलोमतोमा १९ करोड रुपैयाँ ऋण लिएको खुलेको छ।

कीर्ते गरेको अभियोगमा प्रहरीले वीरगंजको कुमारी बैंक शाखाका कनिष्ठ सहायक सोनु ठाकुर, भ्यालुएटर राजेश चौरसिया नक्कली कागजपत्र बनाएर कर्जा लिने एस कुमार महर्जन र मुक्तिलाल गौतमलाई सीआईबी)को टोलीले नियन्त्रणमा लिएको थियो।

'बैंकमा नक्कली कागजपत्र राखेर ऋण लिएको देखिएको छ। अब कर्मचारीको भूमिका के हुनेछ भनेर समेत अनुसन्धान हुनेछ,' व्यूरोका एसपी श्याम महतोले भने।

यस घटनाको अनुसन्धान नेपाल राष्ट्र बैंकले समेत गरिरहेको छ। कित्ता नम्बर १०६९ को एउटै प्लटको जग्गाको नक्कली लालपुर्जा बनाएर कुमारी बैंक वीरगन्ज शाखाले काठमाडौंको न्यूरोडलाई कर्जा प्रवाह गरेको थियो। नक्कली लालपुर्जा राखेर ऋण लिएको बैंकले थाहा पाएपछि भदौ अन्तिममा नै ऋणीबाट कमसल धितो भन्दै ऋण सकारेको थियो। १ अर्ब बराबरको जग्गालाई ३८ करोड रुपैयाँ मूल्याङ्कन गरेर ऋण प्रवाह गरिएको उनको परिवार स्रोतको दावी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell