PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

दाजुको हत्या अभियोगमा भाइ समातिए



पहिलोपोस्ट

दाजुको हत्या अभियोगमा भाइ समातिए

काठमाडौं : दाजुको हत्या गरेको अभियोगमा प्रहरीले उनकै भाइलाई नियन्त्रणमा लिएको छ।

इलामको सन्दकपुर गाउँपालिका-१ चाँपगैरी बस्ने ३० वर्षीय चक्र मुखियालाई सोमवार प्रहरीले पक्राउ गरेको छ।

उनले आफ्नै ३५ वर्षीय दाजु इच्छा मुखियाको चक्कु प्रहार गरी हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको थियो।

काकाको घरमा मादक पदार्थ सेवन गरी बसिरहेको अवस्थामा सामान्य बादविवाद भएपछि चक्रले चक्कु प्रहार गर्दा इच्छाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।  खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ईलाम र प्रहरी चौकी बन्दुकेबाट खटिएको प्रहरीले चक्रलाई चक्कु सहित पक्राउ गरेको थियो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell