PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

ललितपुरमा साझा बसमा ढुंगा प्रहार



पहिलोपोस्ट

ललितपुरमा साझा बसमा ढुंगा प्रहार
बन्दमा निस्किएको साझा बसको फोटो। फोटो कनकमणि दीक्षितको ट्विटरबाट।

काठमाडौं : इन्धनको मूल्य वृद्धिको विरोधमा बन्द गराउँदै हिँडेका नेत्रविक्रम चन्द नेतृत्वको  नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले साझा बस तोडफोड गरेका छन्।

ललितपुरको पाटन अस्पताल नजिकै इटी चोकमा बा ५ ख ८७५५ नम्बरको साझा बसमा तोडफोड भएको हो।

'पछाडिबाट गाडीमा ढुंगा हान्दा सामान्य क्षति भएको छ,' महानगरीय प्रहरी परिसर ललिपुरका एसएसपी किरण बज्रचार्यले भनिन्।

त्यस्तै, बन्द गराउँदै हिँडेने तीन जनालाई ललितपुरका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell