PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रधानन्यायाधीशले आफू बाहेकका न्यायाधीशलाई तोके इजलास, सर्वोच्चमा जारी छ अवरोध



पहिलोपोस्ट

प्रधानन्यायाधीशले आफू बाहेकका न्यायाधीशलाई तोके इजलास, सर्वोच्चमा जारी छ अवरोध

 

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै प्रकारका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन्।

जबराले दशवटा इजलासमा पेसी तोकेका हुन्। उनले आफ्ना लागि भने कुनै पनि इजालास तोकेनन्। दश पेशीमध्ये आठवटा संयुक्त र दुईवटा एकल इजलास छन्। इजलासमा पेसी तोकिए पनि सुनुवाइ प्रारम्भ भने भएको छैन।

 यही कात्तिक ७ गते आइतबार मध्याह्नदेखि सर्वोच्चमा मुद्दाको सुनुवाइ हुन सकेको छैन। प्रधानन्यायाधीशको राजीनामा माग्दै न्यायाधीशहरुले बेन्च बहिष्कार गर्दै आएका छन्। बिचबिचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको छ।

नेपाल बार एशोसिएसनले जबराले राजीनामा नदिएसम्म अदालत चल्न नसक्ने भन्दै सर्वोच्च परिसरमा दैनिक धर्ना दिइरहेको छ। आज पनि बारले जबराको राजीनामा माग्दै सर्वोच्च परिसरभित्रै धर्ना दिएको थियो।

आगामी रणनीति तय गर्न आज पनि बार र इजलास बाहिष्कार गरेका न्यायाधीशबिच छलफल हुँदैछ।

प्रधानन्यायाधीशविरुद्ध विद्रोह गरिरहेका न्यायाधीशमा फुट आएसँगै आज केही इजलास बस्न सक्ने बताइएको थियो। तर, उनीहरुले पनि अहिलेसम्म बेन्चमा नगएको बताइएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell