PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

बन्दका कारण प्रदेश १ मा विश्वासको मत लिने प्रक्रिया प्रभावित हुने संकेत, एमालेले भन्यो : ४१ मध्ये ४ जनामात्र उपस्थित छौं



पहिलोपोस्ट

बन्दका कारण प्रदेश १ मा विश्वासको मत लिने प्रक्रिया प्रभावित हुने संकेत, एमालेले भन्यो : ४१ मध्ये ४ जनामात्र उपस्थित छौं
तस्विर : प्रेदशसभा

विराटनगर : इन्धनको मूल्य वृद्धिको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्द आह्वान गरेको छ। काठमाडौं उपत्यकामा बन्दको सामान्य प्रभाव परेको छ। उपत्यका बाहिरका प्रमुख शहरहरुमा बन्दको आंशिक प्रभाव परेको छ।

प्रदेश १ मा पनि बन्दका कारण जनजीवन प्रभावित भएको छ। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिने कार्यतालिका पनि  बन्दले प्रभावित हुने देखिएको छ।

आज बसेको कार्य व्यवस्था समितिको बैठकमा नेकपा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बन्दका कारण आफ्ना सांसदहरु आउन नसकेको भन्दै बैठक स्थगितको माग गरेका छन्। बन्दका कारण आफ्ना ४१ सांसद मध्ये ४ सांसदमात्र उपस्थित हुन सकेको भन्दै उनले आफूहरु बैठकमा उपस्थित हुन नसक्ने बताएका हुन्।

हाल दलहरु छलफलमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell