PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

वेब सिरिज ‘मनी हाइस्ट’को हिन्दी संस्करणको छायाङ्कन सुरु, चर्चामा देशी प्रोफेसर



पहिलोपोस्ट

वेब सिरिज ‘मनी हाइस्ट’को हिन्दी संस्करणको छायाङ्कन सुरु, चर्चामा देशी प्रोफेसर
Photo : The Indian Express

केही समयअघि चर्चित स्पेनिस वेब सिरिज ‘मनी हाइस्ट’को हिन्दी संस्करण बन्ने घोषणा भएको थियो। सोही ‘मनी हाइस्ट’को को हिन्दी संस्करण ‘थ्री मंकिज’ को छायाङ्कन सुरु भएको छ।

बलिउड अभिनेता अर्जुन रामपालले वेब सिरिज ‘मनी हाइस्ट’को हिन्दी संस्करण निर्माण गर्न लागेका हुन्। रामपालले यस फिल्मको छायाङ्कन सुरु भएको इन्स्टाग्राममार्फत जानकारी दिएका छन्।

छायाङ्कनरत यस फिल्ममा अभिनेता रामपालको मुख्य भूमिका रहेको छ। ‘लाइट्स क्यामेरा एक्सन। सेटमा फेरि एउटा नयाँ यात्राको सुरुवात।’ उनले लेखेका छन्।

हिन्दी भर्सनमा रामपालले निभाउने भूमिकाको अहिले निकै चर्चा चलेको छ। उनी यसमा ‘मनी हाइस्ट’का प्रोफेसरको भूमिकामा देखिनेछन्। जसकारण भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताहरु उनलाई 'देशी प्रोफेसर' भनिरहेका छन्।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Arjun (@rampal72)

हिन्दी संस्करणको यस वेव सिरिजमा अब्बास–मस्तानको निर्देशन रहेको छ।

क्राइम जनराको वेब सिरिज ‘मनी हाइस्ट’ नेटफ्लिक्समा सन् २०१७ मा रिलिज भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell