काठमाडौं : आन्दोलनरत समूहलाई छोडेर आएका चार न्यायाधीशहरुले सर्वोच्च अदालतको इजलासमा सुनुवाई गरिरहेका छन्।
प्रधान न्यायाधीश चोलेन्द्र शम्मशेर जबरासँग असन्तुष्ट रहेर इजलास नै बहिस्कार गरेका न्यायाधीशहरुको समूहबाट चार न्यायाधीशहरु सुनुवाईका लागि फर्किएका हुन्। न्यायधीश बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको एउटा र न्यायाधीश तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासमा अहिले मुद्दाको सुनवाई भइरहेको छ।
त्यसैगरी बन्दी प्रत्यक्षीकरणको मुद्दा प्रकाशकुमार ढुंगाना र कुमार चुडालको संयुक्त इजलासले सुनुवाई गरिरहेको छ। उनीहरुको इजलासमा तोकिएका अन्य मुद्दामा भने कुनै सुनुवाई भएको छैन।
बाँकी न्यायाधीश भने इजलास बहिस्कार गरेर प्रधान न्यायाधीश राणा बिरुद्ध आन्दोलनमा उत्रिएका छन्। त्यस्तै, नेपाल बार एशोसिएसनले पनि प्रधान न्यायाधीश जबराको राजीनामा माग्दै देशभर आन्दोलन गरिरहेको छ। सोमवार प्रधान न्यायाधीश राणाले अहिले देखिएको समस्याको समाधान संवादबाट खोज्न आग्रह गरेका थिए। तर, बारले वार्ता नगर्ने बताएको थियो।
प्रधान न्यायाधीश राणाले आज २ सय ७९ पेसी तोकेका थिए। १० वटा इजलास तोकिएको थियो।