PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

सिनेमाहलमा 'फ्लप' भएको फिल्म 'यात्रा' लाई युट्युबमा रुचाइयो, मलिकाको प्रशंसा



पहिलोपोस्ट

सिनेमाहलमा 'फ्लप' भएको फिल्म 'यात्रा' लाई युट्युबमा रुचाइयो, मलिकाको प्रशंसा
स्क्रिनसट पोस्टर/युटयब

काठमाडौं: तीनदिनअघि फिल्म 'यात्रा -द म्युजिकल भ्ल्ग' युट्युबमा सार्वजनिक भएको थियो। अभिनेत्री मलिका महतको यो डेब्यु फिल्म हो। मलिकाको मुख्य भूमिका रहेको यस फिल्मलाई युट्युबमा दर्शकले रुचाएका छन्।

रिलिज भएको दोस्रो दिनदेखि नै यो फिल्म युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा आउन सफल भएको थियो। समाचार तयार पार्दा सम्म यस फिल्मलाई १२ लाख ३६ हजार बढी दर्शकले हेरिसकेका छन्।

प्रेम कथात्मक यस फिल्ममा महतका साथै सलिनमान बानियाँ, सलोन बस्नेत लगायत कलाकारहरुको अभिनय देख्न सकिन्छ। दुर्ईवर्षअघि सिनेमाहलमा रिलिज भएको यो फिल्म व्यावसायिक रुपमा असफल ठहरिएको थियो।

अभिनेत्री मलिका महत अहिले म्युजिक भिडियोमा निकै रुचाइएकी मोडल हुन्। 'फूलबुट्टे सारी' मा अभिनेता पल शाहसँग देखिएपछि दर्शकमाझ उनको लोकप्रियता बढ्दै गएको छ। दर्शकले पल र मलिकालाई ’पिएम’ जोडीको नाम समेत दिएका छन्।

हालै अभिनेता राजेश हमालको मुख्य भूमिका रहेको फिल्म 'सत्यम' छोडेको कारण पनि उनी अहिले चर्चामा छिन्।

बढ्दो लोकप्रियता र चर्चाबिच उनको फिल्मलाई युट्युबमा दर्शकले मन पराएका छन्। फिल्मको कथादेखि अभिनयलाई लिएर युट्युवमा निकै सकरात्मक प्रतिक्रिया मिलिरहेको छ।

सम्राट शाक्यको कथा तथा निर्देशन रहेको यस फिल्ममा सुशील पोखरेलको लगानी रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell