PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

राजीनामा नदिएपछि प्रदेश २ का उद्योगमन्त्री रायलाई गरियो पदमुक्त



पहिलोपोस्ट

राजीनामा नदिएपछि प्रदेश २ का उद्योगमन्त्री रायलाई गरियो पदमुक्त

जनकपुरधाम : प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय पदमुक्त भएका छन्। मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा प्रदेश प्रमुखले उनलाई पदमुक्त गरेका हुन्।

मुख्यमन्त्रीले उनीसँग राजीनामा मागेका थिए। तर उनले राजीनामा नदिएपछि उनलाई पदमुक्त गरिएको बताइएको छ।

नेकपा एकीकृत समाजवादीलाई प्रदेश सरकारमा सामेल गराउन उनलाई पदमुक्त गरिएको बताइन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell