काठमाडौं : पछिल्लो २४ घण्टामा ९ हजार १४९ जनाको कोभिड १९ परीक्षण गर्दा ३७७ जनामा संक्रमण देखिएको छ। यस्तै, १७० जना संक्रमण मुक्त भएका छन्।
हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ४७६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ। हालसम्म देशभर संक्रमणका कारण ११ हजार ४८२ जनाको मृत्यु भइसकेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७९ हजार ५६९ जनालाई कोभिड १९ विरुद्ध खोप लगाएका छन्।
