PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

६ महिनापछि मेरी बास्सैको सेटमा फर्किइन् पल्पसा, 'छिट्टै मिर्गौला प्रत्यारोपण हुन्छ'



पहिलोपोस्ट

६ महिनापछि मेरी बास्सैको सेटमा फर्किइन् पल्पसा, 'छिट्टै मिर्गौला प्रत्यारोपण हुन्छ'

काठमाडौं: दुवै मिर्गौला फेल भएर अस्वस्थ भएकी कलाकार पल्पसा डंगोल 'चम्सुरी' हाँस्य सिरियल‘मेरी बास्सै’मा फर्किएकी छिन्। स्वास्थ्य अवस्थामा सुधार आएपछि उनी छ महिनापछि पुन: ‘मेरी बास्सै’ को छायाङ्कन सेटमा फर्किएकी हुन्।

धेरैपछि ‘मेरी बास्सै’ को सेटमा फर्किँदा निकै खुसी लागेको उनले बताइन्। आजदेखि 'मेरी बास्सै' को एपिसोडमा आफूलाई दर्शकले देख्न पाउने पल्पसाले सुनाइन्।

'पहिले देखि नै गरिरहेको काममा फर्किँदा निकै खुसी लागेको छ। सबैले न्यानो स्वागत र मायाले अझै हौसला मिलेको छ। अब प्रत्यारोपण नहुन्जेलसम्म 'मेरी बास्सै' मा मलाई दर्शकले देख्न पाउनुहुनेछ' उनले भनिन्।

मिर्गौला दिन परिवारबाट नै एकजनाको क्रस म्याच भइसकेको भएता पनि सरकारी काम भने बाँकी रहेको उनले बताइन्। आगामी माघमा मिर्गौला प्रत्यारोपण हुने उनको भनाई छ।

पाँच वर्षअघि पल्पसालाई पहिलोपटक मिर्गौलाको समस्या देखिएको थियो। तर, परिवारका कसैलाई पनि उनले यसबारे जानकारी दिइनन्। श्वास फेर्न गाह्रो भएपछि उनलाई गत जेठमा टिचिङ अस्पताल लगिएको थियो। त्यसपछि उनको दुबै मिर्गौला फेर्नु पर्ने चिकित्सकहरुले बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell