PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

न्यायालय प्रकरणमा सत्तारुढ गठबन्धनको अमूर्त निर्णय, ‘यथाशीघ्र निकास हुनुपर्छ तर सम्बन्धित पक्षबाटै पहल हुने आशा’



पहिलोपोस्ट

न्यायालय प्रकरणमा सत्तारुढ गठबन्धनको अमूर्त निर्णय, ‘यथाशीघ्र निकास हुनुपर्छ तर सम्बन्धित पक्षबाटै पहल हुने आशा’
प्रधानमन्त्रीसहितको गठबन्धनको बैठक / फाइल फोटो

काठमाडौँः सत्तारुढ पाँच दलीय गठबन्धनले न्यायपालिकाभित्रको वर्तमान निकास चाँडो निवारण हुनेमा विश्वास व्यक्त गरेको छ। तर, निकास सम्बन्धित पक्षबाटै हुनेमा गठबन्धनले आशा गरेको छ।

सरकारलाई सघाउन गठित समन्वय समितिको बैठकले न्यायपालिकाको गरिमा कायम हुनेगरि विवादको निकास हुनुपर्ने निर्णय गरेको हो। दलहरुको भूमिकालाई लिएर आलोचना भइरहेका बेला गठबन्धनले वर्तमान विवादमा ठोस निर्णय लिन नसकेको हो।

समितिको बैठकपछि निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘सर्वोच्च अदालतमा केही समययता देखिएको समस्या र गतिरोधप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । राज्यको महत्वपूर्ण अंगको रुपमा रहेको न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्नेगरी यथाशीघ्र निकास हुनुपर्दछ भन्ने धारणा छ र सम्बन्धित सबैबाट छिटो छरितो निकास दिने दिशामा पहल हुनेछ भन्ने हामी आशा गर्दछौँ।’

गठबन्धनले लोकतन्त्र र नागरिक हक सुनिश्चित गरेको दाबी पनि गरेको छ। कोभिडको त्रास र लकडाउनको शृङ्खला अन्त्य भएको गठबन्धनको निष्कर्ष छ।

जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्न गठबन्धन क्रियाशील रहेको पनि सरकारका प्रवक्ता कार्कीले बताए। आसन्न राष्ट्रिय सभा, प्रदेश सभाको निर्वाचनमा गठबन्धनको सहकार्य कायम राखिने पनि प्रवक्ता कार्कीले जानकारी दिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell