PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

कतारमाथि नेपालको सानदार जित



पहिलोपोस्ट

कतारमाथि नेपालको सानदार जित
फोटो: क्यान

काठमाडौं : विश्वकप क्वालिफायर्सको तयारीमा रहेको नेपाली महिला क्रिकेट टोलीले आज कतारमाथि सानदार जित निकालेको छ। क्वालिफायर्सको तयारीका रुपमा हेरिएको कतारसँगको टी-२० सिरिजमा आज पहिलो खेलमा नेपालले ११९ रनको फराकिलो जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १४६ रन बनाएको थियो। नेपालका लागि इन्दु वर्माले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५५ रन बनाइन्। त्यस्तै सीता रानामगरले ३९ रन बनाउँदा सरिता मगरले २१ रन जोडिन्।

बलिङतर्फ कतारकी एन्जेलिन मारे र सबीजा पनयानले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको कतारको ब्याटिङ चल्न सकेन। कतारका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्। र, फितलो प्रदर्शन गर्दै २७ रनमा समेटियो। एन्जेलिनले सर्वाधिक ८ रन बनाउँदा केरी पोउनसेटले ७ रन जोडिन।

कतारलाई सस्तैमा समेट्न रुबिना क्षेत्रीले सर्वाधिक ३ विकेट लिँदा कविता कुँवर र सीता राना मगरले समान २/२ विकेट लिए। त्यस्तै, करुणा भण्डरीले १ विकेट लिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell