PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

प्रधानन्यायाधीशविरुद्ध बारको तेस्रो चरणको आन्दोलन जबरा सम्मिलित कार्यक्रम बहिष्कार, मंसिर ३ मा दलहरुलाई ज्ञापनपत्र



पहिलोपोस्ट

प्रधानन्यायाधीशविरुद्ध बारको तेस्रो चरणको आन्दोलन जबरा सम्मिलित कार्यक्रम बहिष्कार, मंसिर ३ मा दलहरुलाई ज्ञापनपत्र
फाइल फोटो

काठमाडौंः नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको आन्दोलन जारी राख्ने निर्णय गरेको छ। मंगलबार साँझ बसेको बैठकले आन्दोलनका थप कार्यक्रमसहित यसअघिको विरोध सभालाई निरन्तर राख्ने निर्णय गरेको महासचिव लीलामणि पौडेलले जानकारी दिए। 

सर्वोच्च परिसरमा नियमित आन्दोलन गरिरहेको बारले प्रधानन्यायाधीश सम्मिलित र सम्बन्धित कुनै पनि कार्यक्रममा सहभागी नहुने पनि निर्णय गरेको छ। 

पौडेलका अनुसार आन्दोलन अब देशव्यापी रुपमा हुनेछ। बारले मंसिर ३ गते प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरुलाई ज्ञापनपत्र बुझाउने निर्णय पनि गरेको छ। ज्ञापनपत्रको निर्णय बारले कात्तिक २२ गते पनि गरेको थियो। 

पौडेलका अनुसार बारले आफ्ना सदस्यहरुलाई जबराले गरेको विवादास्पद फैसलाबारे पनि जानकारी गराउने निर्णय गरेको छ। 

बारले पहिलो चरणमा कात्तिक १२ देखि १७ गतेसम्म आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको थियो। यस्तै, कात्तिक २३ देखि ३० गतेसम्म दोस्रो चरणको आन्दोलन बारले सार्वजनिक गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell