PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

मेडिकल कलेज स्थापना सरकारको प्राथमिकतामाः मुख्यमन्त्री पोखरेल



पहिलोपोस्ट

मेडिकल कलेज स्थापना सरकारको प्राथमिकतामाः मुख्यमन्त्री पोखरेल

पोखराः गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशमा मेडिकल कलेज सञ्चालन सरकारको प्राथमिकता रहेको बताएका छन्।

गण्डकी विश्वविद्यालयले प्रकाशन गरेको अन्तर्राष्ट्रिय वैज्ञानिक कार्यशालाको 'कन्फरेन्स प्रोसिडिङ्स' विमोचन कार्यक्रममा मुख्यमन्त्री पोखरेलले सरकारको प्राथमिकतालाई गण्डकी विश्वविद्यालयले अगुवाई गर्नुपर्ने बताएका हुन्।

उनले नागरिकलाई सुलभ स्वास्थ्य सेवा दिलाउन र जनशक्ति उत्पादनका लागि मेडिकल कलेज स्थापना गर्नुपर्ने बताएका हुन्। दुई वर्ष अगाडि सञ्चालनमा आएको गण्डकी विश्वविद्यालयले यसअघि नै मेडिकल कलेज सञ्चालनको घोषणा गरिसकेको छ।

प्रदेशको पहिचानका लागि पनि आफ्नै विश्वविद्यालयको परिकल्पना गरिएको पोखरेलले बताए।

'यो विश्वविद्यालयले नेपालमा भएका अरु विश्वविद्यालयभन्दा आफूलाई फरक रुपमा प्रस्तुत गर्नुपर्छ,' उनले भने, 'त्यसै अनुसारको जनशक्ति उत्पादनमा लाग्नुपर्छ, यहाँको जनशक्ति खोसाखोस हुनुपर्छ।'

उनले सरकार, नीति तथा योजना आयोग र सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर अगाडि बढ्न आग्रह गरेका छन्। छात्रवृत्ति वितरणमा देखिएको समस्या समाधानका लागि पनि संघ सरकारसँग समन्वय गर्नुपर्ने उनको भनाइ छ।

कार्यक्रममा विश्वविद्यालयका कूलपति प्राडा गणेशमान गुरुङले विश्वविद्यालयले आविस्कार केन्द्र निर्माणदेखि शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी गराए। बेलायतको मिजोर विश्वविद्यालयसँग विद्यार्थी आदानप्रदानबारे सहमति भइसकेको, कोरिया र  नर्बेका विश्वविद्यालयसँग पनि सहकार्य गर्ने प्रक्रिया अगाडि बढाइएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell