PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

बराबरीमा रोकिए ब्राजिल र अर्जेन्टिना



पहिलोपोस्ट

बराबरीमा रोकिए ब्राजिल र अर्जेन्टिना
Photo: Lucas Figueiredo / CBF

विश्वकप क्वालिफायर्स अन्तर्गत दक्षिण अमेरिकी छनोटमा आज सम्पन्न खेलमा ब्राजिल र अर्जेन्टिना बराबरीमा रोकिएका छन्। अर्जेन्टिनामा सम्पन्न खेलमा घरेलु टोलीले खेलमा राम्रो पकड बनाए पनि खेल गोलरहित बराबरीमा रोकिएको हो।

त्यस्तै आजै सम्पन्न अर्को खेलमा बोलिभियाले उरुग्वेमाथि ३-० गोलअन्तरले जित निकाल्दै पेरुले भेनेजुएलालाई २-१ गोलअन्तरले हरायो। त्यस्तै कोलम्बिया र पाराग्वे गोलरहित बराबरीमा रोकिए। त्यस्तै इक्वेडरले चिलीमाथि २-० को जित निकाल्यो।

१३ खेलबाट ३५ अंक जोडेको ब्राजिल विश्वकपका लागि छनोट भइसकेको छ भने समान खेल खेलेको अर्जेन्टिना २९ अंक जोडेर दोस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell