PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

आगलागी पीडितलाई राहत लिएर मुगुको गमगढी उडे मुख्यमन्त्री शाही



पी बी खड्का

आगलागी पीडितलाई राहत लिएर मुगुको गमगढी उडे मुख्यमन्त्री शाही

सुर्खेत : मुगुको गमगढीमा सोमवार राति भएको आगलागीको अनुगमन गर्न पीडितहरूलाई राहत लिएर मुख्यमन्त्री जीवनबहादुर शाही सुर्खेतबाट त्यसतर्फ उडेका छन्।

आगलागी पीडितका लागि त्रिपाल, कम्बल र खाद्यान्न सामग्रीहरु लिएर शाही सहितको टोली आज मुगु सदरमुकाम गमगढी उडेको हो। मुख्यमन्त्री शाहीसँगै नव नियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाही, प्रमुख सचिव राजकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव झक्कप्रसाद आचार्य र सांसद झोवा विकको टोली मुगु गएका हुन्। मुगु नवनियुक्त मन्त्री शाही र सांसद विकको गृह जिल्ला हो।

मुगुको गमगढी सदरमुकाममा सोमवार राती १२ बजे भिषण आगलागी हुँदा २१ घरमा क्षति पुगेको थियो।

घरमा बालेको दियोबाट सल्केको आगोले २१ घरमा क्षति पुगेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell