PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

आज पनि प्रधान न्यायाधीश राणाले तोके ९ वटा इजलास



पहिलोपोस्ट

आज पनि प्रधान न्यायाधीश राणाले तोके ९ वटा इजलास

काठमाडौंः प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दी प्रत्यक्षीकरण सहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन्।

प्रधान न्यायाधीश राणाले नौ वटा इजलासमा पेसी तोकेका हुन्। प्रधान न्यायाधीश राणाले आफ्ना लागि कुनै पनि इजालास तोकेका छैनन्। ती पेसीमध्ये सात संयुक्त र दुई एकल इजलास रहेको छ। इजलासमा पेसी तोकिए पनि सुनुवाइ प्रारम्भ भने भएको छैन।

गत कात्तिक ७ गते आइतवार मध्याह्नदेखि प्रधान न्यायाधीशमाथि मन्त्रिपरिषद् विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशहरूले सुनुवाइ गर्न इन्कार गरेका हुन्।

सर्वोच्च अदालतको गत कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन सकेको छैन। बिचबिचमा बन्दीका मुद्दामा मात्र सुनुवाइ भएको छ। प्रधान न्यायाधीश राणाले आफूलाई संविधान र कानुनले प्रधान न्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको जनाउँदै न्यायाधीशलाई पनि संविधान र कानुन बमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरेका छन्।

प्रधान न्यायाधीश राणाले सोमवार प्रेस विज्ञप्ति मार्फत् आन्दोलनरत पक्षको माग सम्बोधनका लागि वार्तामा बोलाउँदै न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन सहित अन्य प्रतिवेदनहरु पनि कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। पछिल्लो केही दिनदेखि न्यायाधीशद्वय तेजबहादुर केसी, कुमार रेग्मी, प्रकाशकुमार ढुङ्गाना, डा कुमार चुडाल, बमकुमार श्रेष्ठ र डा मनोजकुमार शर्माले इजलसामा बन्दीसहित सबै खालका मुद्दाको सुनुवाइ गरिरहेका छन्।

 अदालतमा मुद्दाको चाप अनुसार नियमित रुपमा बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन। बेन्च बस्न नसक्दा न्यायको पर्खाइमा बसेका सेवाग्राहीहरू मर्कामा परेका छन् ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell