PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

'घिन्ताङ' छाडेकी एलिजा ‘घुँइचो’मा अनुबन्धित



पहिलोपोस्ट

'घिन्ताङ' छाडेकी एलिजा ‘घुँइचो’मा अनुबन्धित

काठमाडौं: कलाकार एलिजा गौतम फिल्म ‘घुँइचो’मा अनुबन्धित भएकी छिन्। एलिजा रामजी दैलेखीको निर्माणमा बन्न लागेको फिल्म ‘घुँइचो’मा अनुबन्धित भएकी हुन्।

निर्माता दैलेखीले गौतमसँग संझौता भएको र अन्य कलाकार पनि चाँडै फाइनल गर्ने बताए। आरजे म्यूजिक एण्ड मिडियाको ब्यानरमा बन्न लागेको यस फिल्मले एउटा दुर्गम गाउँको यूवाको अमेरिकासम्मको यात्राको कथा भन्ने निर्माता दैलेखीको भनाई छ।

‘नेपालका मानिसहरुको केही न केही प्राप्त गर्ने आशामा घुँइचो देखिन्छ। जुम्लाको एक सामान्य परिवारको यूवाले अमेरिका जानका लागि गर्ने संघर्ष र त्यहाँको भिडमा प्रवेश गरेपछि आउने परिवर्तनको कथामा फिल्म बन्नेछ,’ उनले भने।

फिल्मको कथा मन परेर काम गर्न तयार भएको एलिजाले बताइन्। भन्छिन्,'मैले लामो समयदेखि यस्तै कथाको प्रतिक्षा गरिरहेको थिएँ। फिल्म 'घुँइचो' मा खोजे जस्तै कथा पाएपछि काम गर्न तयार भएको हुँ।’ 

यो एलिजाको दोस्रो फिल्म हो। डेब्यु फिल्म ‘अनुराग’मा काम गरेकी एलिजाले केही महिना अगाडि फिल्म ‘घिन्ताङ’ साइन गरेकी थिइन्। तर, पछि उनले विभिन्न कारणले यो फिल्म छोड्नु परेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell