PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

प्रदेशसभा बैठक सुरु, मुख्यमन्त्री राईले विश्वासको मत लिने



पहिलोपोस्ट

प्रदेशसभा बैठक सुरु, मुख्यमन्त्री राईले विश्वासको मत लिने

विराटनगर : बन्दका कारण हिजो स्थगित भएको प्रदेश नम्बर १ को प्रदेशसभा बैठक सुरु भएको छ। बैठकमा मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिँदैछन्।

हिजो नै राईले विश्वासको मत लिने तयारी थियो। तर, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बन्दको आह्वान गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठक स्थगित गर्न माग गरेको थियो।

एमालेको मागअनुसार हिजो विश्वासको मत लिने प्रकृया विथोलिएकाले आजका लागि बैठक सारिएको हो। 

मुख्यमन्त्री राईले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश १ को प्रदेश सभा बैठक आज दिउँसो साढे ११ बजेका लागि डाकिएको थियो।

गत कात्तिक १६ गते राईले मुख्यमन्त्रीमा शपथ लिएका थिए। भीम आचार्यले पदबाट राजीनामा दिएपछि ४९ प्रदेशसभा सांसदको समर्थन सहित दाबी गरेका राईलाई प्रदेश प्रमुख सोमनाथ प्यासीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ।

राईले आज विश्वासको मत पाउँदैछन्। प्रदेश नम्बर १ का उनी तेस्रो मुख्यमन्त्री हुन्।

हिजो बसेको कार्य व्यवस्था समितिको बैठकमा नेकपा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बन्दका कारण आफ्ना सांसदहरु आउन नसकेको भन्दै बैठक स्थगित गर्न माग गरेका थिए। अन्यथा यो प्रकृया हिजो नै सकिन्थ्यो।

बन्दका कारण आफ्ना ४१ मध्ये ४ सांसदमात्र उपस्थित हुन सकेको भन्दै उनले आफूहरु बैठकमा उपस्थित हुन नसक्ने बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell