PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

ए डिभिजन लिगका लागि एन्फा र कतार एयरवेजको सम्झौता नवीकरण



पहिलोपोस्ट

ए डिभिजन लिगका लागि एन्फा र कतार एयरवेजको सम्झौता नवीकरण
तस्बिर: एन्फा

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र कतार एयरवेजबीच सम्झौता नवीकरण भएको छ। मंशीर ३ गतेबाट सुरु हुने लिगका लागि कतार एयरवेजले १ लाख ८५ हजार अमेरिकी डलर (करिव १ करोड ८० लाख) प्रदान गर्नेछ। सम्झौताअनुसार १४ वटै ए डिभिजन क्लबको जर्सी, एलइडी स्कृन, डिजिटल कन्टेन्टलगायतमा कतार एयरवेजको लोगो राखिनेछ।

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले एक वर्षका लागि करार गरिएको बताए। र, अगाडिका सिजनहरुमा सम्झौता रकम बढाएर लैजान कतार एयरवेज सकारात्मक भएको बताए। अघिल्लो सिजन पनि ए डिभिजन लिगको मुख्य प्रायोजक कतार एयरवेज थियो।

प्रतियोगितामा फ्रेन्ड्स क्लब, हिमालयन शेर्पा क्लब, च्यासल युथ क्लब, जावलाखेल युथ क्लब, ब्रिगेड ब्वाइज क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, न्युरोड टिम, नेपाल पुलिस क्लब, एपीएफ फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, थ्री स्टार क्लब, संकटा क्लब र सातदोबाटो क्लब गरी १४ टिमले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको विजेताले ७५ लाख, दोस्रो हुने टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख प्राप्त गर्नेछन्। दुईवटा टोली रेलिगेशनमा जानेछन्।

त्यस्तै उत्कृष्ट गोलकिपरले गोल्डन ग्लभ्स र २ लाख, सर्वाधिक गोलकर्ताले गोल्डन बल र २ लाख प्राप्त गर्नेछन्। त्यस्तै भ्यालुएबल प्लेयरले ३ लाख र राइजिङ प्लेयरले १ लाख ५० हजार प्राप्त गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell