PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भारतविरोधी कविता वाचन गरेको भन्दै कमेडियन वीर दासमाथि उजुरी



पहिलोपोस्ट

भारतविरोधी कविता वाचन गरेको भन्दै कमेडियन वीर दासमाथि उजुरी
तस्बीर: सीएनएन

म त्यस भारतबाट आएको हुँ,

जहाँ हामी दिनमा महिलालाई पुज्छौँ, तर राति सामूहिक बलात्कार गर्छौँ।

माथि उल्लेखित कविता भारतीय कमेडियन वीर दासले एक कार्यक्रममा दिएको प्रस्तुती हो। जुन कविता भारतको दोहोरो चरित्रसँग सम्बन्धित छ। केही दिनअघि भारतका कमेडियन वीर दासले अमेरिकाको एक कार्यक्रममा यो कविता वाचन गरेका थिए।

दुईदिनअघि दासले उक्त कवितालाई युट्युव अकाउण्टमा 'आइ कम फर्म टु इन्डियाज' शीर्षक राखेर अपलोड गरेका थिए। सोही भिडियोमा वाचन गरेको कविताका कारण उनी विवादमा फसेका छन्।

६ मिनेटको उक्त भिडियो भाइरल भएसँगै दासको अहिले निकै आलोचना भइरहेको छ। कवितामार्फत भारतको अपमान गरेको भनि उनीमाथि आरोप लागेको छ।

यो विवाद यत्तिमै भने सीमित रहेन। दासको विरुद्धमा मुम्बई उच्च अदालतमा वकिल आशुतोष जे दुबेले उजुरी हालेका छन्। कमेडियन दासले भारतको छवि बिगारेको भएर आफूले उजुरी हालेको आशुतोषले ट्विटरमा उल्लेख गरेका छन्।

'मैले वीर दासको विरुद्धमा अमेरिकामा भारतको छवि खराब गरेको भनि मुम्बई प्रहरीमा उजुरी हालेको छु। दासले भारतीय महिलाहरु र प्रधानमन्त्रीको बारेमा अपमानजनक अभिव्यक्ति दिएका छन्।' उनले लेखेका छन्।

उनीमाथि सामाजिक सञ्जाल प्रयोगकर्ताले देशद्रोहीको आरोप समेत लगाइरहेका छन्। त्यसैगरि बिजेपी कार्यकर्ता प्रीती गान्धीले उक्त भिडियो सेयर गर्दैँ दासलाई देशको बेइज्जत गरेको भनि आरोप लगाएकी छिन्।

आफूमाथि उजुरी दर्ता भएपछि अमेरिकामा रहेका दासले ट्विटरमार्फत स्पष्टीकरण दिएका छन्। कहिले पनि आफ्नो देशको  अपमान गर्ने मनसाय नभएको उनले उल्लेख गरेका छन्। आफूले भिडियोमा एउटै विषयमा दुई फरक धारणा राख्ने मानिसहरुसँग कुराकानी भइरहेको र यो कुनै रहस्य कुरा नभएको जनाएका छन्। जतिसुकै समस्या भए पनि आफ्नो देश ‘महान’ छ भनेर कवितामार्फत सम्झाउने आफ्नो मनसाय रहेको उनको भनाई छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell