PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पत्रकारप्रति उदार बन्ने चीन र अमेरिकाको सहमति, भिसा अवधि लम्ब्याइने



पहिलोपोस्ट

पत्रकारप्रति उदार बन्ने चीन र अमेरिकाको सहमति, भिसा अवधि लम्ब्याइने

लामो समयदेखि चिसिँदै रहेको अमेरिका - चीन सम्बन्ध सुधारोन्मुख छ। संयुक्त राज्य र चीनले एक अर्का देशका पत्रकारलाई यात्रा र भिसामा गर्दै आएको प्रतिवन्धलाई घटाउने सहमति गरेसँगै आइसब्रेकको स्थिति पैदा भएको हो।

चीनका राष्ट्रपति सी जिङपिङ र अमेरिकी राष्ट्रपति जोय बाइडेनबिचको उच्चस्तरीय छलफलमा द्वीपक्षीय रुपमा पत्रकारलाई सहज वातावरण तयार गर्न सहमत भएका हुन्। 

यससँगै दुवै देशका पत्रकारलाई दुवै मुलुमा आउजाउमा सहज हुने छ।

चीनको सरकार नियन्त्रित चाइना डेलीले एक वर्षको कठिन प्रयासपछि यस्तो परिणाम आएको जनाएको छ। दुवै देशबिच पत्रकारको आगमन र बहिर्गमन सहज रुपमा हुन दिने सहमति भएको छ जुन यसअघि कठिन थियो।

यससँगै चीन र अमेरिकाले पत्रकारले दिँदै आएको ३ महिने भिसालाई एक वर्षसम्म पुर्‍याउने छन्। 

अमेरिकी स्टेट डिपार्टमेन्टले उक्त कदमको स्वागत गर्दै यसलाई प्राथमिक कदम भएको टिप्पणी गरेको छ। मिडियाका विषयमा थप उदार हुँदै जानेमा समेत चीन र अमेरिका बिच सहमति बनेको छ।

गत वर्षको फेब्रुअरीमा अमेरिकाले चिनियाँ सरकारी मिडियालाई वर्गीकरण गरेर 'विदेशी मिसन' अन्तर्गत राख्ने निर्णय गरेको थियो। जसले गर्दा चिनियाँ पत्रकारलाई अमेरिकामा काम गर्न सहज थिएन। 

सिन्ह्वा, चाइना ग्लोबल टेलिभिजनसहित ५ वटा नेटवर्कलाई अमेारिकामा सम्पत्ति किन्न अनुमति लिनुपर्ने व्यवस्था गरिएको थियो। साथै त्यहाँ कार्यरत मिडियाकर्मीको पूरा विवरण उपलब्ध गराउनुपर्ने जनाइएको थियो। 

अमेरिकाले कडा व्यवहार अपनाएको एक महिनापछि चीनले १३ पत्रकारलाई निस्कासित गरेको थियो। निस्कासनमा पर्ने पत्रकारमा न्युयोर्क टाइम्स, वासिङ्टन पोस्ट, वाल स्ट्रिट जर्नसहितका थिए।

यसरी निस्कासमा परेका पत्रकार पुन: फिर्ता हुने भन्ने विषय चाहिँ प्रष्ट छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell