PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

कोभिड-१९ अपडेट : थप ४१२ जनामा संक्रमण पुष्टि हुँदा एक जनाको मृत्यु, एक लाख बढीलाई खोप



पहिलोपोस्ट

कोभिड-१९ अपडेट : थप ४१२ जनामा संक्रमण पुष्टि हुँदा एक जनाको मृत्यु, एक लाख बढीलाई खोप

काठमाडौं : पछिल्लो २४ घण्टामा थप चार सय १२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घण्टामा ११ हजार ९९३ जनाको नमुना परीक्षण गर्दा चार सय १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

त्यस्तै पछिल्लो २४ घण्टामा थप एक जना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा दुई सय २ जनामा संक्रमित संक्रमणमुक्त भएका छन्। 
योसँगै नेपालमा सात हजार छ सय ३६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। 

यसैबीच पछिल्लो चौविस घण्टामा एक लाख एक हजार सात सय ६१ जनालाई कोभिड-१९ विरुद्धको खोप दिइएको छ। योसँगै नेपालमा ८९ लाख ६१ हजार आठ सय ७१ जनालाई कम्तिमा एक मात्रा र ७६ लाख ७५ हजार आठ सय ९९ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell