PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

इजलास अवरुद्ध नगर्न सर्वोच्चका कर्मचारीको प्रधानन्यायाधीश र न्यायाधीशलाई ध्यानाकर्षण, चार सयभन्दा बढीको हस्ताक्षर



पहिलोपोस्ट

इजलास अवरुद्ध नगर्न सर्वोच्चका कर्मचारीको प्रधानन्यायाधीश र न्यायाधीशलाई ध्यानाकर्षण, चार सयभन्दा बढीको हस्ताक्षर

काठमाडौंः जनताको न्याय पाउने हकका सम्मान गरी तत्काल इजलास सुचारु गर्न माग गर्दै आधिकारिक ट्रेड युनियन विभागीय कार्यसमिति सर्वोच्च अदालतले प्रधानन्यायाधीश र न्यायाधीशहरुको ध्यानाकर्षण गराएको छ। बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई ट्रेड युनियनको टोलीले ध्यानाकर्षण गराएको हो। 

लिखित पत्रमा सर्वोच्च अदालत समेत करिब ४०० कर्मचारीको हस्ताक्षर पनि सामेल रहेको आधिकारिक ट्रेड युनियन विभागीय कार्यसमिति सर्वोच्च अदालतका सचिव हरि भट्टराईले बताए। 

पत्रमा जनताको न्याय पाउने हक सुनिश्चितताको माग गरिएको छ। साथै मौलिक हकका रुपमा रहेको न्यायको हक अवरुद्ध नगर्न सबै न्यायाधीशहरुलाई आग्रह पनि गरिएको छ। 

पत्रमा भनिएको , ‘जनताको न्याय पाप्त गर्ने मौलिक हकलाई अवरुद्ध नगर्न अविलम्ब निकासका लागि सम्माननीय प्रधानन्यायाधीशज्यू र सर्वोच्च अदालतका माननीय न्यायाधीशज्यूहरुलाई हामी सर्वोच्च अदालतमा काम गर्ने कर्मचारीहरुको हस्ताक्षरसहित हाद्र्धिक अनुरोध गर्दछौँ।’

पत्र बुझ्दै प्रधानन्यायाधीश जबराले सर्वपक्षीय रुपमा छलफल भइरहेको बताएका छन्। यस्तै, वरिष्ठतम न्यायाधीश कार्कीले नियमावली संशोधन गरेर गोलाप्रथाबाट पेसी तोक्नेबारे आफूहरु छलफलमा रहेको जवाफ दिएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell