PahiloPost

May 13, 2026 | ३० बैशाख २०८३

आइबा अध्यक्ष नेपालमा



पहिलोपोस्ट

आइबा अध्यक्ष नेपालमा
अन्तर्राष्ट्रिय बक्सिङ महासंघका अध्यक्ष उमार क्रेम्लेभलाई स्वागत गर्ने क्रममा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले (बायाँ)। तस्बीर: राखेप

काठमाडौं:  अन्तर्राष्ट्रिय बक्सिङ महासंघ (आईबा) का अध्यक्ष उमार क्रेम्लेभ बुधबार नेपाल आएका छन्। बुधबार उमारले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजसंग भेट गरेको नेपाल बक्सिङ संघका प्रवक्ता श्याम अवालेले जनाएका छन्।

प्रवक्ता अवालेले बक्सिङ संघलाई खेल सामाग्री पनि उपलब्ध गराएको जानकारी गराए। त्यसअघि नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले अध्यक्ष उमारलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

विमानस्थलमा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष उमारले हिमाल जस्तै नेपाली बक्सिङलाई पनि उचाइमा पुर्‍याउन सकिने बताउँदै नेपाली बक्सिङको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।

बक्सिङ संघका अध्यक्ष अवालेले आईबा अध्यक्ष नेपाल आउनु गर्वको विषय भएको बताउदै नेपाली बक्सिङको अवस्था बुझ्न उहाँलाई अझ सहज हुने बताए।

नेपाल बक्सिङ संघ र नेपाल ओलम्पिक कमिटीको निमन्त्रणमा नेपाल आएका अध्यक्ष उमार बिहीबार दुबइ प्रस्थान गर्ने बक्सिङ संघले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell