PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

नेतृत्व चयनका लागि योपटक प्यानल बन्दैनः ईश्वर पोखरेल



पहिलोपोस्ट

नेतृत्व चयनका लागि योपटक प्यानल बन्दैनः ईश्वर पोखरेल

काठमाडौंः नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीको नेतृत्व सहमतिमा चयन हुने बताएका छन्। १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि प्यानल नबन्ने दाबी समेत गरे। 

बुधबार आयोजित ‘पार्टीको १०आँै राष्ट्रिय महाधिवेशन जनपरिचालन अभिमूखिकरण’ कार्यक्रममा उनले नेतृत्व चयनका लागि हुने निर्वाचनमा प्यानलको लिष्ट नबाँड्ने बताए। उनले पार्टीलाई एकतावद्ध बनाएर लैजान पनि प्यानल नबने बताए। 

पोखरेलले भने, ‘हाम्रो नेतृत्व भनेको सहमतिका साथ निर्माण हुन्छ। एउटा कुरा बुझ्नुस कमरेडहरु, महाधिवेशनमा हाम्रो प्यानल बन्ने छैन। प्यानल लिष्ट बाँडिने छैन। यो चिज ग्यारेन्टी हो। हामी प्यानल बनाउँदैनौँ। प्यानलको लिष्ट बाँड्दैनौँ। व्यक्तिगत हिसावले को साथीलाई मत दिनुहुन्छ दिनुहुन्छ। हामी पार्टीलाई त्यसरी एकतावद्ध बनाएर लैजान चाहन्छौँ।’

उनले महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउने काममा केन्द्रित हुन आह्वान समेत गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell