PahiloPost

Sep 16, 2025 | ३१ भदौ २०८२

क्यानडामा भीषण आँधी : ब्रिटिश कोलम्बिया क्षेत्रमा संकटकाल घोषणा



पहिलोपोस्ट

क्यानडामा भीषण आँधी : ब्रिटिश कोलम्बिया क्षेत्रमा संकटकाल घोषणा
Photo : Jonathan Hayward/The Canadian Press/AP

क्यानडाको ब्रिटिश कोलम्बिया क्षेत्रमा संकटकाल घोषणा गरिएको छ। भीषण आँधीले जनजीवन प्रभावित बनाएपछि त्यहाँ संकटकाल घोषणा गरिएको हो।

आँधीका कारण हजारै मानिस घरहरुमा थुनिएका छन्। उनीहरुको उद्धारका लागि क्यानडियन सशस्त्र बललाई परिचालन गरिएको छ। कयौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

हाल वासिङटन डिसीमा रहेका क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सशस्त्र बलले उद्धार कार्य गरिरहेको भन्दै सबैलाई यस परिस्थितिमा सहयोग गर्न र पुनर्निर्माणमा लाग्न आह्वान गरेका छन्। उनले राहत कार्य पनि तत्काल सुरु हुने बताएका छन्।

आँधीका कारण आएको पहिरोका कारण एक महिलाको मृत्यु भएको छ भने दुईजना बेपत्ता छन्।

आँधीका कारण सडक र रेल मार्गहरु संचालन हुन सकेका छैनन्। यस्तै, कतिपय स्थानमा विद्युत र पानीको समस्या भएको बताइएको छ। संकटकाल घोषणा भएसँगै राहत र उद्धारको कार्य बढ्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell