PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

स्वास्थ्यमन्त्री खतिवडासँगै शिक्षण अस्पताल पुगे अमेरिकी सहायक विदेशमन्त्री लु



पहिलोपोस्ट

स्वास्थ्यमन्त्री खतिवडासँगै शिक्षण अस्पताल पुगे अमेरिकी सहायक विदेशमन्त्री लु

काठमाडौं : अमेरिकी सहायक विदेशमन्त्रीले नेपाल भ्रमणको सुरुवात महाराजगंज स्थित शिक्षण अस्पतालबाट गरेका छन्। बुधवार नेपाल आइपुगेका सहायकमन्त्री डोनाल्ड लुले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडासँगै शिक्षण अस्पताल पुगेर खोप वितरण कार्य निरीक्षण गरेका हुन्। 

अमेरिकी सहयोगमा प्राप्त फाइजर खोप दीर्घ रोगीलाई २८ गते देखि दिन थालिएको छ। सोही खोप वितरण कार्यक्रम अवलोकनका लागि सहायक मन्त्री लु मन्त्री खतिवडासँगै शिक्षण अस्पताल पुगेका हुन्। 

३० वर्षभन्दा लामो अमेरिकी सरकारी अनुभवसहितका कूटनीतिज्ञ लुले यसअघि किर्गिस्तान र अल्बानियाका लागि राजदूतसँगै दुई पटक भारत र एक पटक पाकिस्तान स्थित अमेरिकी दूतावासमा रहेर काम गरेका छन्। उनले हिन्दी र उर्दुसमेत बोल्ने गर्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell