PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

'नेपाल मिडिया अवार्ड २०७८' को घोषणा



पहिलोपोस्ट

'नेपाल मिडिया अवार्ड २०७८' को घोषणा

काठमाडौं: सञ्चारकर्मीहरुलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक मिडिया अवार्ड हुने भएको छ। पौष २३ मा आयोजना हुने अवार्ड समारोह ड्रिम हाइ नेपाल प्रा. लि. को आयोजना र नेपाल पत्रकार महासंघको सहकार्यमा हुन लागेको हो।

'नेपाल मिडिया अवार्ड २०७८' नाम राखिएको अवार्ड कुल २५ विधामा वितरण गरिने आयोजकले जनाएको छ।

टेलिभिजन, छापा मिडिया, एफएम रेडियो र अनलाईन पत्रकारिता अन्तर्गत सञ्चार माध्यम र सञ्चारकर्मीहरुको पछिल्लो एक वर्षयताको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर सम्मान प्रदान गरिनेछ।

नेपाल पत्रकार महासंघसँगको समन्वयमा महासंघका पुर्व अध्यक्षसहित सञ्चार विज्ञसहितको ५ सदस्यीय निर्णायक टिमले सम्मानित सञ्चारकर्मीहरुको छनोट गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell