PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

मोदीले जनकपुरको विकासका लागि घोषणा गरेको एक सय करोड छिटै उपलब्ध हुन्छ : भाजपा नेता



पहिलोपोस्ट

मोदीले जनकपुरको विकासका लागि घोषणा गरेको एक सय करोड छिटै उपलब्ध हुन्छ : भाजपा नेता
File photo

काठमाडौं : भारतीय जनता पार्टीका नेता विजय सोन्कर शास्त्रीले प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम क्षेत्रको विकासका लागि घोषणा गरेको एक सय करोड छिट्टै उपलब्ध हुने बताएका छन्।

धार्मिक भ्रमणका क्रममा जनकपुरधाम आइपुगेका उनले सञ्चारकर्मीसँगको कुराकानीमा नेपाल र भारतको सम्बन्ध पौराणिक र ऐतिहासिक रहेको बताए। साथै, प्रधानमन्त्री मोदीको घोषणा बमोजिमको रकम चाँडै नै भारत सरकारले उपलब्ध गराउने बताए।

जनकपुर भ्रमणमा आउँदा मोदीले उक्त सहयोगको घोषणा गरेका थिए। प्रवक्ता शास्त्रीले रामायण सर्किट रेल्वे योजनामा जनकपुरधाम पनि रहेको पनि बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell