PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

सर्वोच्च अदालतमा देखिएको समस्या समाधान गर्न प्रधानमन्त्री देउवाले पहल गर्नुपर्छ : माधव नेपाल



पहिलोपोस्ट

सर्वोच्च अदालतमा देखिएको समस्या समाधान गर्न प्रधानमन्त्री देउवाले पहल गर्नुपर्छ : माधव नेपाल
तस्विर : रासस

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै सर्वोच्चका न्यायाधीश र नेपाल बार एशोसिएशनले बेन्च बहिष्कार गर्दै आएका छन्। जसकारण करिब चार सातादेखि सर्वोच्चमा सुनुवाइ हुन सकेको छैन।

सर्वोच्च भित्र विवाद बढ्दै जाँदा राजनीतिक दलहरुले यस विषयमा प्रस्ट धारणा बनाएका छैनन्। बारले दलहरु नबोलेको भन्दै आलोचना गर्दै आएका छन्।

यसबिच नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले पहल गर्नुपर्ने बताएका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरमा प्रदेश पार्टी कार्यालयको शुभारम्भ गर्दै उनले भने,'अब प्रधानमन्त्रीले आफ्नो तर्फबाट समस्या समाधानका लागि पहल गर्नुपर्छ।

उनले सर्वोच्चको समस्या समाधानका लागि सत्ता साझेदार दलको बैठकले साझा धारणा बनाएर समाधान गर्ने निर्णय भएको भन्दै अब प्रधानमन्त्रीले पहल गर्नुपर्ने बताएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell