PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

प्रहरीद्वारा गरिएको बल प्रयोगको घटनालाई बारले अन्तर्राष्ट्रियकरण गर्ने



पहिलोपोस्ट

प्रहरीद्वारा गरिएको बल प्रयोगको घटनालाई बारले अन्तर्राष्ट्रियकरण गर्ने

काठमाडौं : नेपाल बार एशोसिएशनले आज सर्वोच्च अदालतमा प्रहरीले अधिवक्ताहरुको आन्दोलनमाथि गरेको हस्तक्षेपलाई अन्तर्राष्ट्रियकरण गर्ने जनाएको छ।

न्यायको मन्दिरभित्र शान्तिपूर्ण आन्दोलन गरिरहेका बार सदस्यहरुमाथि हतियारधारी प्रहरी प्रयोग गर्दै दमन गरिएको भन्दै बारले उक्त घटनालाई अन्तर्राष्ट्रियकरण गर्ने बताएको हो।

अदालत परिसरमा दंगा प्रहरीले बारको आन्दोलनमा हस्तक्षेप गरेपछि आज पत्रकार सम्मेलन गर्दै बारका उपाध्यक्ष इश्वरी प्रसाद भट्टराईले घटनाले स्वतन्त्र न्यायपालिकामाथि नै प्रहार भएको बताए।

'बारमा भएको घटनाको छानबिन गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय मानवअधिकार आयोगलाई आह्वान गर्छौं' उनले भने।

दंगा प्रहरी प्रवेश गराएर न्यायको मन्दिरलाई युद्ध मैदान बनाउने प्रयास गरेको बारले जनाएको छ।  

भट्टराईले आज अधिवक्तामाथि आक्रमण गर्ने उद्देश्यसहित बार परिसरभित्र केही व्यक्ति प्रवेश गरेको घटनाबारे पनि छानबिन हुनुपर्ने बताए।

'बिचौलिया र भिजिलान्ते' प्रवेश गराएको घटनाको पनि छानबिन हुनुपर्छ। हाम्रो साथीहरुलाई केही भए प्रधानन्यायाधीश, सर्वोच्च प्रशासन र गृहले त्यसको जिम्मेवारी लिनुपर्छ' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell