काठमाडौं : नेपालमा थप २९९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ८६३ आरटी-पीसीआर परीक्षण र ३ हजार २८८ एन्टिजेन परीक्षणका क्रममा २९९ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोभिड-१९ संक्रमित हुनेको संख्या ९ लाख १३ हजार ५५७ पुगेको छ।
यसैबिच पछिल्लो २४ घण्टामा ६ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ४८९ पुगेको छ। यो कुल संक्रमितको १.४ प्रतिशत हो।
त्यस्तै सोही अवधिमा २६० जना कोभिड-१९ संक्रमित संक्रमण मुक्त भएका छन्। यसैबिच हाल नेपालमा ७ हजार ६४२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
