PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते गर्ने सरकारको निर्णय



पहिलोपोस्ट

राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते गर्ने सरकारको निर्णय

काठमाडौंः सरकारले राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते गर्ने निर्णय गरेको छ। राष्ट्रिय सभाका एक मनोनीतसहित २० सदस्यको पदावधि माघ २० गते सकिँदैछ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मिति तोकेको एक मन्त्रीले बताए। निर्वाचन आयोगसँगको परामर्शमा सरकारले मिति तोकेको हो। आयोगले माघ पहिलो साता निर्वाचन गर्न सुझाव सरकारलाई दिएको थियो। 

राष्ट्रिय सभा उपाध्यक्ष शशीकला दाहालसहितका २० सदस्यको पदावधि सकिँदैछ। संवैधानिक व्यवस्था अनुसार एक तिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई वर्षमा सकिन्छ। 

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने व्यवस्था छ। प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ हुने कानुनी व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell