PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

ए डिभिजन लिग आजबाट सुरु हुँदै : उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो भिड्दै



पहिलोपोस्ट

ए डिभिजन लिग आजबाट सुरु हुँदै : उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो भिड्दै

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग आजबाट सुरु हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र ए डिभिजन लिगमा नवप्रवेशी सातदोबाटो युथ क्लब भिड्दैछन्। खेल साँझ पौने ५ बजे सुरु हुनेछ।

यो सिजन पहिलो पटक ‘ए’ डिभिजन लिग खेल्न लागेको टोली हो सातदोबाटो युथ क्लब। प्रिसिजन र अभ्यासमा सुरुबाटै जुटेको सातदोबाटो ‘बी’ डिभिजनमा च्याम्पियन बन्दै यसअघि ‘ए’ डिभिजनमा प्रवेश गरेको थियो।

‘ओपनिङ गेम खेल्न पाउँदा सिक्ने अवसर छ। पहिलो पटक ए डिभिजन लिग खेल्न लाग्दैछ भन्ने अवसर दिने छैनौ,’ प्रशिक्षक मेघराज केसीले भने। त्यस्तै, कप्तान मानबाहदुर तामाङले परिवर्तनलाई चुनौतिका रुपमा हेरको बताए।

पछिल्लो ४० दिनयता ‘ए’ डिभिजन लिगका लागि तयारीमा जुटेको फ्रेन्ड्स क्लबका प्रशिक्षक मृगेन्द्रप्रसाद मिश्र पहिला रेलिगेशनबाट बच्ने लक्ष्य रहेको र छैटौं/सातौं स्थनसम्म पुग्ने लक्ष्य रहेको बताउँछन्। त्यस्तै, कप्तान सुरज विकेले प्रतिद्वन्दीलाई बलियो चुनौती दिने विश्वास रहेको बताए।

प्रतियोगिताको विजेताले ७५ लाख, दोस्रो हुने टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख प्राप्त गर्नेछन्। दुई वटा टोली रेलिगेशनमा जानेछन्।

त्यस्तै, उत्कृष्ट गोलकिपरले गोल्डन ग्लभ्स र २ लाख, सर्वाधिक गोलकर्ताले गोल्डेन बल र २ लाख प्राप्त गर्नेछन्। त्यस्तै, भ्यालुएबल प्लेयरले ३ लाख र राइजिङ प्लेयरले १ लाख ५० हजार प्राप्त गर्नेछन्।

रंगशालामा भीआईपी प्यारापिट तर्फ ५०० र सामान्य तर्फ १०० रुपैयाँ टिकट शुल्क लाग्ने भएको छ। दशरथ रंगशालामा हुने खेलको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell