PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

तीन सातापछि काममा फर्कँदै न्यायाधीश, प्रधानन्यायाधीशसँग बेञ्च सेयर भने नगर्ने



पहिलोपोस्ट

तीन सातापछि काममा फर्कँदै न्यायाधीश, प्रधानन्यायाधीशसँग बेञ्च सेयर भने नगर्ने

काठमाडौँः गोला प्रणालीबाट पेसी तोक्नेगरि सर्वोच्च अदालत नियमावली र निर्देशिका पारित गरेका असन्तुष्ट न्यायाधीशहरु आजदेखि काममा फर्कन लागेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग इजलास नबस्ने र बहिर्गमनको मागलाई यथावत राखेर उनीहरु सुनुवाइमा फर्कन लागेका हुन्। 

कात्तिक ८ गतेदेखि सर्वोच्चमा मुद्दाको सुनुवाइ हुन सकेको छैन। आन्दोलनको तीन सातापछि न्यायाधीशहरु आंशिक रुपमा काममा फर्कन तयार भएका हुन्। 

शुक्रबारदेखि मुद्दा फिर्ता, मिलापत्र, तामेली, पुनरावेदन फिर्ता लगायतका निवेदनमा सुनुवाइ गर्नेगरि न्यायाधीशहरु इजलास फर्कन लागेका हुन्। 
बिहीबार असन्तुष्ट न्यायाधीशहरुले सर्वोच्च अदालत नियमावली संशोधन गरी गोला प्रणालीबाट पेसी तोक्ने सहमति गरेका थिए।

प्रधानन्यायाधीश बाहेकका न्यायाधीशको बैठकको उक्त निर्णय हस्ताक्षरका लागि हिजै मुख्य रजिस्टारमार्फत प्रधानन्यायाधीश समक्ष पठाइएको थियो। सम्भवतः उक्त निणय आज कानुन मन्त्रालय पठाइने छ। 

यसैबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले शुक्रबार आफू बाहेकका न्यायाधीशका लागि दश इजलास गठन गरेका छन्। जसमध्ये ९ संयुक्त र एक एकल इजलास गठन गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell