
काठमाडौंः प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध आन्दोलनमा उत्रिएका कानुन व्यावसायीहरुलाई गाली गलौज गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले दुई पुरुषलाई बिहीवार राती नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरुमा सीताराम श्रेष्ठ र तीर्थ ढकाल रहेका छन्। उनीहरुलाई बौद्ध क्षेत्रबाट नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।
उनीहरुले बिहीवार आन्दोलनरत कानुन व्यवसायीमाथि अश्लिल गाली गरेका थिए।
सर्वोच्च अदालतको गत कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन सकेको छैन। बिच बिचमा बन्दीका मुद्दामा मात्र सुनुवाइ भएको छ। प्रधान न्यायाधीश राणाले आफूलाई संविधान र कानुनले प्रधान न्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको जनाउँदै न्यायाधीशलाई पनि संविधान र कानुन बमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरेका छन्।