PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अभिषेक बच्चन अभिनित फिल्म 'बोब विश्वास' ओटीटीमा रिलिज हुने



पहिलोपोस्ट

अभिषेक बच्चन अभिनित फिल्म 'बोब विश्वास' ओटीटीमा रिलिज हुने

अक्षयकुमार अभिनित फिल्म 'सूर्यवंशी' रिलिज भएसँगै सिनेमाघरमा दर्शक आउने माहोल बनिसकेको छ। हलमा दर्शक आउने माहोल बनेसँगै बलिउड फिल्म निर्माताहरुले धमाधम फिल्मको रिलिज मिति तोकिरहेका छन्।

यसैबिच केही फिल्मले भने रिलिजको लागि ओटीटी प्याल्टफर्म रोजेका छन्। जसमा पर्छ अभिषेक बच्चन अभिनित फिल्म 'बोब विश्वास'। आज फिल्मको ट्रेलर समेत रिलिज भएको छ। जी ५ बाट ३ डिसेम्बरमा फिल्म रिलिज हुनेछ।

क्राइम जनराको यो फिल्म सन् २०१२ मा रिलिज भएको फिल्म 'कहानी' सँग सम्बन्धित छ। 'कहानी' को चर्चित पात्र बोब विश्वासको पछाडिको कथालाई नै यस फिल्ममा देखाइएको छ। जसमा कन्ट्रयाक्ट किलर र बोब विश्वासको दोहोरो जीवनलाई चित्रण गरिएको छ।

यसै फिल्ममार्फत दिया अन्नपुर्ण घोषले निर्देशनमा डेब्यु गरेका छिन्। फिल्ममा शाहरुख खानको कम्पनि रेड चिल्ली इन्टरटेनमेन्ट र सुजोय घोषको लगानी रहेको छ।

फिल्मको छायाँकन कोलकातामा भएको थियो। अभिषेक बच्चनको मुख्य भूमिका रहेको यस फिल्ममा चित्रांगदा सिंह, दितिप्रिया राय लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell