PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

प्रहरीले सर्वोच्च प्रवेश गर्न नदिएपछि बार परिसरमै कानुन व्यवसायीको धर्ना



पहिलोपोस्ट

प्रहरीले सर्वोच्च प्रवेश गर्न नदिएपछि बार परिसरमै कानुन व्यवसायीको धर्ना

काठमाडौं : प्रहरीले आन्दोलनरत् कानुन व्यवसायीलाई सर्वोच्च प्रवेशमा रोक लगाएको छ।

नेपाल बार एशोसिएशनको अगुवाईमा सर्वोच्चको मूल गेटमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै धर्ना दिँदै आएका वकिलहरुलाई प्रहरीले आज सर्वोच्चमा प्रवेश गर्न दिएको छ। सर्वोच्चमा प्रवेश गर्न नदिएपछि वकिलहरुले बार परिसरमा नै धर्ना दिएका छन्। सर्वोच्च प्रवेश गर्ने क्रममा प्रहरी र अधिवक्ताहरुबिच आज पनि घम्साघम्सी भएको थियो।

सम्बन्धित समाचार : वकिलहरु आज पनि धर्नामा, सर्वोच्च पस्न खोज्दा प्रहरीसँग धकेलाधकेल

बिहीवार सर्वोच्चको वैकल्पिक गेटमा जाने क्रममा प्रहरीले बल प्रयोग गर्दा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित अधिवक्ताहरुलाई चोट लागेको थियो। बारले प्रधानन्यायाधीशको राजीनामा नै आफूहरुको बटमलाइन भएको भन्दै आन्दोलन नरोकिने बताउँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell