PahiloPost

Sep 15, 2026 | ३० भदौ २०८३

एकपछि अर्को फिल्म साइन गर्दै पल शाह



पहिलोपोस्ट

एकपछि अर्को फिल्म साइन गर्दै पल शाह

काठमाडौं: अभिनेता पल शाहले नयाँ फिल्ममा काम गर्ने पक्का भएको छ। करण सिंहको निर्माणमा बन्न लागेको नयाँ फिल्ममा पल अनुबन्धित भएका हुन्।

पल शाह र फिल्म निर्माण टिमबिच लिखित सम्झौता समेत भइसकेको छ। आरकेएस इन्टरटेन्टमेन्टको ब्यानरमा बन्ने  प्रेम कथात्मक फिल्मको कथा सिंहले नै लेखेका हुन्। साथै फिल्ममा अभिमन्यु निरवीको पटकथा रहनेछ।

फिल्मको लागि अभिनेत्रीलगायत अन्य कलाकार तथा प्राविधिक टिमको छनोट गर्ने कार्य भई रहेको निर्माण टिमले जनाएको छ। माघको अन्तिम साताबाट छायाङ्कन हुने फिल्मको नाम भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।

यस फिल्मको डिजिटल राइट डिआर मुभिजले खरिद गरेको छ।

यसअघि पनि पलले फिल्म ‘सत्यम्’ र ‘हुतुतु’ मा पनि साइन गरिसकेका छन्। केही समय अघि मात्रै पलले यी फिल्म साइन गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell