PahiloPost

Jul 2, 2025 | १८ असार २०८२

दुई किलो सुनसहित त्रिभुवन विमानस्थलबाट दुई जना समातिए



पहिलोपोस्ट

दुई किलो सुनसहित त्रिभुवन विमानस्थलबाट दुई जना समातिए

काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले अवैध रूपमा ल्याएको सुन सहित दुई जनालाई पक्राउ गरेको छ।

विमानस्थल प्रहरी टोलीले दाङ घर भएका सीताराम चौधरी र सिरहाका सरोज सहानीलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। उनीहरू नेपाल एयरलाइन्सको जहाजबाट दुबई हुँदै काठमाडौं आएका थिए।

' लुकाएर ल्याएको सुन जस्तो देखिने २ किलो बस्तु बरामद भएको छ। थप अनुसन्धान भइरहेको छ,' विमानस्थल प्रहरी प्रमुख एसएसपी राजेश बाँस्तोलाले भने।

उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। उनीहरूले दुबईबाट सुनलाई धुलो बनाएर कट्टुभित्र लुकाएर ल्याएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell